काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ एशाेसिएट सदस्य समन्वय समितिको ११ औं साधारण भेला र निर्वाचन हुने भएको छ। आगामी साउन १३ गते पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा एशाेसिएट समन्वय समितिको साधारण भेला र निर्वाचन हुने भएको हो।
भेलामा सहभागी हुने एशाेसिएट सदस्यहरुले साउन १० गते भित्रमा एक हजार रुपैयाँ सहित नामावली दर्ता गरेर नविकरण गर्न एशाेसिएट सदस्य समितिले सूचना जारी गरेको छ। साथै समितिका संयाेजक तथा महासंघका उपाध्यक्ष रामजी पन्त (मुकेश) ले एशाेसिएट सदस्यहरूलाइ भेला तथा निर्वाचनमा सहभागी हुन् आग्रह समेत गरेका छन्।
सूचनामा भनिएको छ, ‘नेपाल निर्माण व्यवसायी महासंघको विधानको दफा (ख) (१ख) बमोजिम गठन हुने एसोसिएट समन्वय समितिका लागि कार्य सञ्चालन निर्देशीका २०७१ दफा ६ बमोजिम एघारौँ साधारण भेला सम्बन्धमा मिति २०७९–३–२७ को समितिको निर्णय अनुसार निर्देशीकाको दफा ३ बमोजिम गठन हुने एशाेसिएट सदस्य समन्वय समिति (कार्य समिति) को निर्वाचन समेत देहायबमोजिमको स्थानमा हुने भएकाले सम्पूर्ण एशाेसिएट सदस्यहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।’
गोरखामा प्रकाशन गरिएको सूचनामा भनिएको छ, ‘भेलामा सहभागी हुने एशाेसिएट सदस्यहरुलाई मिति २०७९ साउन १० गते मंगलबार भित्र रु १००० हजार सहित नामावली दर्ता गरी आर्थिक वर्ष २०७८ ७९ को सदस्यता नविकरण गर्नुहुन समेत जानकारी गराइन्छ।
