काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको निर्णय स्वागतयोग्य भएको बताएका छन्।उपाध्यक्ष पौडेलले बिहिबार एक ट्विट गर्दै यमबुद्धको प्रतिमा निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका हुन्।
महानगरपालिकाको सालिक निर्माण गर्ने निर्णय विवादमा तानिएकै बेला उपाध्यक्ष पौडेलले महानगरको निर्णय स्वागतयोग्य भएको बताएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको उल्लेख गर्दै नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताए ।
उनले लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ(आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।
