काठमाडौं। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्रगतिमा अघि बढाउन निर्देशन दिएका छन्। निरीक्षणका लागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री अथकले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका हुन्।
आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिँदै मन्त्री अथकले गुणस्तरीयताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेल प्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए।
अनुगमन तथा निरक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरेका थिए।