काठमाडौं। संघले विकास निर्माणको लागि पठाएको रकमले १८४ स्थानीय तहले सवारी साधन खरिद गरेका छन्। सरकारको निर्देशिकाअनुसार संघले अनुदान दिएको रकम सवारीसाधन नपाइने भए पनि स्थानिय तहले सवारी साधन खरिद गरेका हुन्।
१८४ स्थानीय तहले ३७ करोड ४४ हजार सवारीसाधन खरिद गरेका छन्। सवारीसाधन खरिद नगरेका केही स्थानीय तहले सवारीसाधन भाडामा लिई प्रयोग गरेको देखिन्छ।
केही स्थानीय तहले आन्तरिक आयबाट सवारीसाधन खरिद गरे पनि अधिकांशले वित्तीय समानीकरण अनुदान रकमबाट सवारीसाधन खरिद गरेकाले विकास निर्माण कार्यमा बाधा पर्न गएको महालेखाले उल्लेख गरेको छ।
संघको अनुदानबाट सवारीसाधन खरिद गर्ने कार्य नियन्त्रण गर्नुपर्ने बताएको छ।नेपालखबरबाट
याे पनि:
गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा