काठमाडौं। बाढी पहिरोको कारण प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा अवरुद्ध भएको विद्युत् सुचारु भएको छ। डुबानमा परेको सबस्टेसनको पानि हटाएर तथा प्रसारण लाइन मर्मत गरेर विद्युत् सुचारु गरिएको कुरा नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको हो। बेमौसमि रुपमा परेको अविरल वर्षाको कारण प्रदेश १ को सुनसरीको दुहबी सबस्टेसन र सुदुरपश्चिमको अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइनमा समस्या आई अवरुद्ध भएको थियो।
डुवान भएको कारण मङगलबार रातीबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहानबाट सञ्चालनमा ल्याइएको कुरा प्राधिकरणले जनाएको छ। डुबानमा परेको सो सबस्टेसनको पानी प्रधिकरणको कर्मचारी साथै त्यहाँका स्थानीयको सहयोगमा फालि सबस्टेसन सफा गरेर सो लाइनलाई निरन्तर चार्ज गर्दै उक्त क्षेत्रमा विधुत आपुर्ति गरिरहेको जनाएको छ। सबस्टेसन डुवान भएको भएता पनि उपकरणमा ठुलो क्षति नपुगेको कारणले गर्दा आवश्यक सुरक्षात्मक उपाए अपनाएर सबस्टेसन चार्ज गरिउको हो।
त्यस्तै विभिन्न ठाउँमा रुख र पोल ढलेर बन्द भएको अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन अवरोध हटाई सञ्चालनमा ल्याइएको छ। सो प्रसारण लाइन सञ्चालनमा आएपछि सुदुरपश्चिमको पहाडी जिल्लाहरुमा पनि विद्युत् आपुर्ति सुचारु भएको प्राधिकरणले जनाएको छ।