डोटी। अवरुद्ध भएको तीन दिनपछि सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
भासु भिर, डडेलधुराको साहुखक तथा डोटीको गैरा तथा गोल्डेनमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका यात्रु र गाडी गन्तव्यतर्फ लागेका छन् ।