सोलुखुम्बु। अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाका शव फेला परेको छ।
सोलु दुधकुण्ड नगरपालिका ७ को साल्मे स्थित ड्यामसाइटमा सडेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली पुगेको छ।
करिब एक महिना अघि सोलु दुधकुण्ड नगरपालिका–४ बाट बेपत्ता भएका रंगे विश्वकर्माका श्रीमति शषिकला राईको हुन सक्ने प्रहरीले बताएको छ। तर यकिन भने हुन बाँकी रहेको छ।