काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री शर्माले पद तथा गाेपनीयताकाे शपथ लिएका हुन्।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागि गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।
छानबिन समिति गठन भएपछि राजीनामा दिएका अर्थमन्त्री शर्मा संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि पुन: अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।
याे पनि:
पूर्वअर्थमन्त्री शर्मा प्रकरण : छानबिन समितिको प्रतिवेदन सभामुख सापकोटाको हातमा (पूर्ण पाठसहित)