काठमाडौं। धौलागिरी लघुवित्तले ३ लाख ९ हजार कित्ता आइपीओ बिक्री खुलाएको छ। आइपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। लघुवित्तले जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँकोे साधारण सेयर जारी गर्न लागेको हो।
जसमध्ये ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। यस्तै,सर्वसाधारणलाई छुट्याइएको सेयरको ५ प्रतिशत अर्थात् १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषको हिस्सा हो। बाँकी रहेको ३ लाख ९ हजार २ सय ९५ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त समयसम्म पर्याप्त आवेदन नपरे भदौ ७ सम्मका लागि अवधि थपिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।