काठमाडौं। १३ मेगावाट क्षमताको मध्य–मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। क्यासकेड आयोजनाका रुपमा विकास गर्न लागिएको १४/३ मेगावाटको माथिल्लो मध्य–मैलुङ खोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत तयार भइसकेको छ।
माथिल्लो मैलुङखोलाको विद्युतगृहबाट निस्कने पानीलाई खोलाको दायाँ किनारमा चापपोखरीमा संकलन गरी मध्य–मैलुङ खोला आयोजनाको लागि प्रयोग गरिने भएको छ। उक्त पानीलाई ६४ मिटर हेडरेस पाइप र डी आकारमा निर्माण हुने १५२० मिटर लामो सुरुङमार्गबाट विद्युत गृहमा पठाइने भएको छ। यस योजनाबाट उत्पादित विद्युत माथिल्लो मैलुङखोलाको स्वीचयार्डसम्म पुर्याउन २/४ किलोमिटर १३२ केभी प्रसारणलाइन समेत निर्माण गर्ने योजना रहेको छ।
माथिल्लो मैलुङ खोलाको स्वीचयार्डमा जोडेको विद्युतलाई नुवाकोटमा रहेको त्रिशूली–३ बी हब सवस्टेसनबाट राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना रहेको कुरा आयोजनाले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिकाको डाँडागाउँ र हाकुमा निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको सार्वजनिक सुनुवाई कात्तिक १५ गते हुने सो आयोजनाले जनाएको छ।