काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो। लघुवित्तले गत बुधबार (भदौ ८) मा १ लाख २३ हजार ४ सय कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला गरेको थियो।
गत शुक्रबारसम्मका तीन दिन दिनमै निकै बढी आवेदन परिसकेको छ। लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० का दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।
कम्पनीको जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी हुन आउने १ लाख २३ हजार ४०० कित्तामा सर्वसाधरणको आवेदन लिएको हो।
उक्त सेयरका लागि सर्वसाधारणबाट मागभन्दा निकै नै बढी आवेदन परेको छ। हालसम्म लघुवित्तको सेयरमा १५ लाख ९४ हजार ८० जना आवेदकबाट १ करोड ७६ लाख ८४ हजार ५२० कित्ताका लागि अवेदन परिसकेको छ।