डडेल्धुरा। बाढीले डोटीको पूर्वीचौकी गाउँपालिका–४ मा निर्माणाधीन माथिल्लो गड्डीगाड जलविद्युत् आयोजनामा क्षति गरेको छ। बाढीले १.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति गरेको हो।
बाढीले सेटलिङ बेसिन, पेनिस्टिक पाइप लाइन, अन्डर स्वीच गेटलगायतका संरचनामा क्षति गरेको आयोजनाका साइड इन्चार्ज दानबहादुर साउँदले बताए।
साउँदका अनुसार सामान ल्याउनका लागि सडकहरू अवरुद्ध हुँदा समस्या भएको हो। बाढीले निर्माण भइसकेका संरचना बगाए पनि काम भने निरन्तर रुपमा भइरहेको छ। ३० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको जलविद्युत् आयोजना आगामी चैत मसान्तसम्म बनाइसक्नुपर्ने सम्झौता भएको छ।