काठमाडौं। नेपाल सरकारले आगामी मंसिरदेखि मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकको महशुल निःशुल्क गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो कुराको जानकारी दिएकी हुन्।
मन्त्री भुसालले सरकारले बिजुलीका ग्राहस्थ उपभोक्ता र कृषि सिँचाईमा पनि घटाइएको शुल्क लागु गरिने बताएकी छिन्। राजधानीमा आयोजित विद्युतीय सवारी साधन सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातलाई सरकारले बढावा दिने उल्लेख गरेकी हुन्।
त्यस्तै उनले आन्तरिक खपतको लागि आवश्यक जलविद्युतको उत्पादन हुन थालेको बताउँदै आगामी दिनमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामाग्रीको प्रयोग बढाउने तयारी सरकारले गरिरहेको जानकारी दिइन्।