बर्दिया। बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाको सम्पूर्ण सूचना अब स्थानीयले मोबाइलबाटै हेर्न सक्ने भएका छन्। नगरपालिकाले सबै सूचना स्थानीयको मोबाइलमा सम्प्रेशन गर्ने भएको हो।
नगरपालिकाको सूचना तथा प्रविधि शाखामार्फत सबै सूचना तथा गतिविधिहरू स्थानीयको मोबाइलमा एसएमएस गर्नका लागि सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
स्थानीयले एसएमएसमार्फत सूचना प्राप्त गर्नको लागि आफ्नो फोन नम्बर भने दर्ता गर्नुपर्ने छ । नगरपालिकामा दर्ता भएका मोबाइलमा सबै सूचनाहरू पठाइने नगरपालिकाले जनाएको छ ।
बाँसगढी नगरपालिकाको सूचना नगरवासीको हात हातमा अभियान अन्तरर्गत उक्त सेवा आजदेखि सुरु गरिएको नगरपालिकाले जनाएको छ । यसबारे थप जान्न बाँसगढी नगरपालिकाको सूचना तथा प्रविधि शाखामा सम्पर्क राख्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।