काठमाडौं। सडक डिभिजन चरिकोटले ८ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कार्यालयले समयमा काम नगर्ने ८ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
कार्यायले आज सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने कम्पनीको ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिएको छ। ८ वटा निर्माण कम्पनीले छुट्टाछुट्टैकामको लागि ठेक्का सम्झौता भएको तर समयमा काम नभएको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
समयमा काम गर्न पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले सम्झौता बमोजिम समयमै काम नगरेको तथा सम्पन्न गर्न अग्रसर समेत नभएको कार्यालयले जनाएको छ। यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा आधिकारिकि प्रतिनिधि कार्यालयमा उपस्थित भई समयमा कार्य सम्पन्न गर्न नसक्नुको कुनै कारण भएमा लिखित कागज पेश गर्न कार्यालयले अनुरोध गरेको छ।
अन्यथा प्रचलित कानुनर र ठेक्का सम्झौता अनुसार ठेक्का तोड कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
कार्यालयले प्रकाशित गरेको सूचनामा औतारी निर्माण सेवा, क्षेत्रावती कन्स्ट्रक्सन, गुमवेशी निर्माण सेवा, खाम्पाचे शेर्पा निर्माण सेवा, सागर एण्ड शिशिर कन्स्ट्रक्सन, धुर्ब एण्ड राकेस निर्माण सेवा, गौरीपार्वति प्रधान जेभी, काठमाडौं र खाम्पाचे शेर्पा निले जेभी रहेका छन्।
