काठमाडौं। समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिएको छ। सडक डिभिजन कास्कीले समयमा काम नगर्ने निर्माण कम्पनीलाई चेतावनी दिएको हो।
कार्यालयले आज (बिहिबार) सूचना प्रकाशित गर्दै कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कास्कीको काहुखोला विजयपुर काफलघारी सडकको विजयपुर खोलामाथि प्रिस्ट्रेस्ड आरसीसी पुल समयमा निर्माण नगरेको कार्यालयले जनाएको छ।
उक्त पुल निर्माणको जिम्मा श्री सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रा.ली, काठमाडौंले लिएको थियो। तर, पटक पटक पुल निर्माण गर्नको लागि पत्राचार गरिएको र ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिदा समेत सो निर्माण कम्पनीबाट भरपर्दो कार्य योजना कार्यालयमा पेश नगरिएको कारण ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख गरिएको छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा निर्माण स्थल खाली गरिदिन कार्यालयले निर्माण कम्पनीलाइ अनुरोध गरेको छ।
