काठमाडौं। म्याग्दी हाइड्रो पावर लिमिटेडको साधारण सभा आगामी पुषमा हुने भएको छ। म्याग्दीमा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी पुष ११ गते साधारण सभा गर्ने भएको हो ।
सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो ।
कम्पनीका अनुसार उक्त साधारण सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफारनोक्सान, हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गरी परिश्रमिक समेत निर्धारण गर्ने जनाईएको छ ।
कम्पनीले आयोजना गर्न लागेको साधारण सभा पुस ११ गते विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा हुनेछ । कम्पनीको म्याग्दीमा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।