मानश्री टेर्डिङ इन्टरप्राइजेज् प्रालिले हाईब्रिड प्रविधिको क्रसरहरु नेपाली बजारमा पहिलोपटक बिक्रिको सुरुवात गरेको छ । कम्पनीका अनुसार उक्त क्रसरहरु भारतमा निर्माण भएका हुन् ।
भारतमा निर्माण भएको कारणले गर्दा यसका सम्पुर्ण पार्टपुर्जाहरु उपलब्ध गर्न समस्या नभएको र हाईब्रिड प्रविधिको क्रसरहरु बिजुली अथवा डिजल दुबैमा चलाउन सकिने भएको कारणले पनि खर्चको हिसाबले आधानै कम पर्ने भएकोे छ । क्षमताको हिसावले प्रति घण्टा १२५ टन देखि ४०० टन सम्म रहेको कम्पनीले बताएको छ ।
बहुराष्ट्रिय कम्पनीको धेरै प्रकारको क्रसरहरु टेरेक्स् फिन्ले बिक्री गर्दै आएको छ ।