वर्षातको मौसम अन्त्यसँगै विकास निर्माण सिजन सुरुवात भएकोवेला अध्यादेश बजेटलाई प्रतिस्थापन गर्नको लागी बनेको विधेयकमार्फत फलामको डण्डी तथा छड्मा करको दर बढाएको कुरा अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।
अर्थ मन्त्रालयको भनाई अनुसार नेपालमा नै उत्पादनको सम्भावना भएको भएता पनि अत्यधिक मात्रामा आयात भएकोले त्यसलाई न्युनिकरण गर्नको लागी स्टील साथै फलामको वस्तुहरुमा कर बढाएइको हो ।
कर बढे लगतै फलामे डण्डीको भाउमा पनि वृद्धि हुने हुदा निमार्ण कार्यमा असर पर्ने छ । कर बढनुअघि फलाम तथा डण्डीको कर १ हजार ६५० रुपैयाँ प्रतिटन थियो भने अहिले बढाएर २ हजार ५ सय प्रतिटन पुर्याएको छ ।