वीरगञ्ज। वीरगञ्जमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ र नाला माथि राखिएका निर्माण सामाग्री हटाउने अभियान सुरू गरेको छ ।
यही क्रममा शनिबार जथाभावी पार्किङ गरिएका सवारीसाधान नियन्त्रण, निर्माण सामाग्री जफत समेत गरेको छ । जथाभावी सवारी पार्किङ गर्नेलाई पाँच हजार जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

