म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी कालाबांगमा बिजुली पुगेको छ । वर्षौदेखि टुकी र सिठाको उज्यालोमा जीवनयापन गर्दै आएका कालाबांगमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो ।
पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, कालावाङ्गलगायत बस्तीका ५० घरमा बिजुली विस्तार भएको छ।नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा –६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए।
यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए।केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।