काठमाडौं। तुलसीपुर–घोराही चार लेन सडकखण्ड आयोजना रद्द गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसमक्ष माग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा उम्मेदवार बनाइएका दुई जनाले बुधबार मन्त्री श्रेष्ठलाई भेटेर सडकखण्ड आयोजना रद्द गर्न माग गरेका हुन्।
दाङको निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदी र २ का उम्मेदवार विशाल अधिकारीले मन्त्री श्रेष्ठलाई भेटेर निर्माण पूरा भई सक्नुपर्ने समयसम्म जम्मा १० प्रतिशतमात्रै भौतिक प्रगति भएको हुँदा सम्झौता रद्द गर्न माग गरेका हुन्।
उक्त सडक खण्ड २०७५ माग १४ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार २०७७ वैशाख २९ गते काम पूरा भई सक्नुपर्ने थियो।
सडक विस्तारको काम भारतको तथ्य इञ्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले लिएको छ।
यो बीचमा सात वटा पेटी ठेकेदार परिवर्तन भइसकेको छन् भने तीन पटक म्याद थप भइसकेको छ। तर, सडकको अवस्था जस्ताको तस्तै छ।