सिन्धुपाल्चोक । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकेदारलाई प्राविधिक तालिम दिएको छ । भवन निर्माणमा संलग्न प्राविधिकलाई सिमेन्ट कम्पनिले तालिम दिएको हो ।
तालिममा सिमेन्टको ग्रेडबारे जानकारी दिँदै हाल नेपालमा उत्पादन हुने ४३ र ५३ ग्रेडका यी दुई सिमेन्टको फरक र उपयोगिताका बारेमा जानकारी दिएको सर्वोत्तम सिमेन्टले जनाएको छ ।
तालिममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्ने भन्ने विषयमा समेत जानकारी दिइएको छ ।