ललितपुर ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले शवदाहगृह निर्माण रोक्न आदेश जारी गरेको हो।
महानगरले शंखमूलको मणिडोलमा निजी जग्गा खरिद गरी गत असोज २४ मा आवास क्षेत्रभित्र शवदाहगृह बनाउन टेण्डर आह्वान गरेको थियो। यसविरुद्ध मणिडोल टोल सुधार समितिका तर्फबाट स्थानीयले मुद्दा दर्ता गराएका थिए।
आवास क्षेत्रमा शवदाह गृह निर्माण प्रकृया अगाडि बढाएको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन्।
अदालतले प्रकाशित टेण्डर सूचना कार्यान्वयन नगर्नु–नगराउनु हाल यथास्थितिमा राख्नु भन्दै अन्तरिम आदेशबारे छलफलका लागि मंसिर ८ मा दुवै पक्षलाई बोलाउने सूचनामा उल्लेख गरिएको छ।