काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत बिमलनगर–घाँसी कुवाको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णय अनुसार फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक सडक बन्द गर्न लागिएको हो।
अत्यावश्यक सवारी साधानबाहेक अन्य सवारी साधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।
उक्त समय अवधिमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको बताइएको छ।