काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कमलविनायक–नगरकोट दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर निर्माण द्रूत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्।
उनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिइन्। पर्यटकीय क्षेत्रमा सडकको यो अवस्था हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको मन्त्री यादवको भनाइ छ।
मन्त्री यादवले पटक–पटक ठेक्का अवधि थप भएको सो सडकमा अब अवधि थप नहुने चेतावनी समेत दिएकी छन् । अब पनि निर्माण सम्पन्न नभएमा ठेक्का तोड्न पनि पछि नपर्ने उनको भनाइ छ।