काठमाण्डौं । इन्धनको आयात कम गरेर उर्जा क्षेत्रमा लगानी गर्न व्यवसायीलाई गृहमन्त्री बालकृष्ण खाँडेले अनुरोध गरेका छन् ।
गृहमन्त्री खाँडेले नेपाल एलपीजी ग्यास उधोग संघको २६ औं वार्षिक साधारणसभा र १० औं अधिवेशन उद्घाटन गर्दै इन्धनको आयात कम गर्नका लागी ग्यास उधोगसँगै उर्जा क्षेत्रमा लगानी गर्न बल गरेका हुन् । उनका अनुसार उधोग र जलविधुत दुवैमा लगानी गर्दा उधोगी र उपभोक्ता दुवैलाई सहज हुनका साथै इन्धनको आयात कम गरी व्यापारमा आउने नोक्सानलाई न्युनिकरण गर्न सकिने छ ।
इन्धनको अर्को रुपमा ऊर्जा र सोलारको प्रयोगलाई बढाउँदै जानुपर्ने बताउदै खाँडेले भने ग्यासको आयात बढि रहेकाले गर्दा उपभोक्ताको ऋण पनि बढिरहेको छ उक्त आयातलाई सन्तुलनमा ल्याउनको लागी राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । यस क्षेत्रमा देखीएका समस्याको समाधान गर्दै अगाडी बढ्नु पर्ने कुरामा उनको जोड थियो ।
सरकारले औधोगीक सुरक्षका साथै उधोग र उपभोक्ताको सुरक्षमा पनि ध्यान दिनुपर्ने उधोगका सचिव अर्जुन पोखरेलले बताए । उनका भनाई अनुसार सबै उधोगहरुलाई समान किसिमले हेर्ने भएका कारणले गर्दा ग्यास उधोगलाई उपभोक्तामुखी बनाउन उधोगी व्यवसायीले उठाएका समस्या र राष्ट्रिय हितका लागी उठाइएका विषयलाइ समाधान गर्दै जाने छ ।
नीजी क्षेत्रले लगानी गर्दै आएको ग्यास उधोगमा नेपाल निगम आयोगले लगानी गर्न उपयुक्त नभएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । उनको भनाइ अनुसार निजी क्षेत्रबाट लगानी गर्ने एउटै ग्यास उधोगमा अर्बौ लगानी हुन्छ त्यस्तै सुरक्षाको लागी पनि धेरै लगानी गरि सकेको हुनाले निगमले यस क्षेत्रमा देखिएका समस्याको समाधान गर्न धेरै आवस्यक रहेको छ ।