पोखरा। पोखरा महानगरपालिका–२७ तालचोकबाट बेगनास ताल जाने सडक स्तरोन्नतिको काम सुरु भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबार सडक विस्तारका लागि शिलान्यास गरेका हुन्।
विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको सडकको काम दुई वर्षमा सक्ने गरी सम्झौता भएको छ।
सडक स्तरोन्नतिका लागि विश्व बैंकले १ अर्ब ४९ करोड १५ लाख लगानी गरेको छ । ३.२८ किलोमिटर लम्बाइ रहेको यस सडकको स्तरोन्नतिको ठेक्का स्वच्छन्द सपना वर्ल्डवाइड जेभीले पाएको छ । स्वच्छन्दसँग गत असार २० मा ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँ बराबरको ठेक्का सम्झौता भइसकेको छ ।