बैतडी। बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ।
नेपाल(भारत सीमा नाका रहेको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि भारतीय सडक विभागका इन्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले निरीक्षण गरेको हो ।
टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी क्षेत्रको निरीक्षण गरेको छ।
५ सय मिटर लमो उक्त पुलको लागत ४ अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसअघि, सर्भेक्षण, वृस्तित अध्ययन प्रतिवेदन(डिपिआर) र मुआब्जाका लागि थप रु २० करोड लाग्ने अनुमान प्राविधिक टोलीको छ ।
पुल निर्माण भारतीय लगानीमा हुने जनाइएको छ । झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवत–जावत भइरहेको छ ।