काठमाडौं। साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनर्निर्माण गरिने भएको छ। सडकखण्डको बिग्रिएको स्थानमा सडक कोतरेर तल्लो भाग (बेस) थपेर कालोपत्र गरिने भएको हो।
साँखु–मेलम्ची सडकमा मेलम्चीबाट क्रसरको ढुङ्गा र गिट्टी लिएर आउने टिपरले गर्दा सडक बिग्रिएको थियो। अधिकांश खण्डमा नियमित रुपमा मर्मत, खाल्डाखुल्डी भएका स्थानमा खाल्डा टाल्ने, कालोपत्र माथिबाट थप्ने डिभिजनको योजना छ । बढी समस्या भएको ठाउँमा तल्लो भाग नै हटाएर पुनर्निर्माण गरिन लागिएको बताइएको छ।
चक्रपथको बल्खु क्षेत्र र साँखुदेखि लप्सीफेदीसम्म बढी क्षति भएकाले पुनर्निर्माण अघि बढाउन लागिएको डिभिजन कार्यालयले जनाएको छ। साँखुबाट लप्सीफेदीसम्मको सडक सिन्धुपाल्चोक जोड्ने सडकका रुपमा रहेको छ ।