काठमाडौं। नारायणगढ–मुग्लिन सडक सीमाभित्र रहेका घरटहरालाई क्षतिपूर्ति दिने काम सुरु भएको छ। आयोजनाले पहिलो चरणमा ११ वटा घरटहराका धनीलाई क्षतिपूर्तिबापतको ५० लाख रुपैयाँ रकम वितरण गरेको हो।
पहिलो किस्ताबापत ११ जनाको खातामा क्षतिपूर्ति रकम उपलब्ध गराउने गरी कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरलाई विनियोजन गरेर पठाइसकेको आयोजनाले जनाएको छ। एकरदुई दिनमै पीडितको खातामा रकम जम्मा हुने बताइएको छ।
यस सडक सीमाभित्र रहेका २५ वटा घरटहरालाई क्षतिपूर्तिका लागि मन्त्रीपरिषद्को बैठकले ९७ लाख रुपैयाँ छुट्याएको थियो।