भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवविच भएको वैठकमा संयुक्त तराई सडक परियोजनाबारे छलफल भएको छ । बैठकले भारत सरकारको सहयोगमा निर्माण भइरहेको सडक परियोजनाको समग्र रुपमा कार्यन्वयनको समीक्षा गरेको छ ।
कोभिड महामारीको चुनौतिको बाबजुद पनि सडक निर्माण परियोजना सफलताको रुपमा अघि बढेको र निर्माण कार्य अन्तिम चरणमा पुगेकोमा दुवै पक्षले सन्तुष्टि जनाएका छन् । सन् २०१६ मा भारत सरकारले गरेको ८०० करोड आर्थिक सहयोगमा १४ वटा सडक प्याकेज निर्माण थालेकोमा अहिलेसम्म १३ वटा निर्माण कार्य सम्पन्न भइसकेको छ ।
निर्माण भइरहेको तराई सडकहरुले पुर्व-पश्चिम राजमार्गलाई भारतीय सिमासँग जोडेसँगै दुवै देशका जनतालाई एकअर्काकोे देशमा आवतजावत गर्नमा पनि सहज बनाउने छ । जसले गर्दा दुई देशको सम्बन्ध अझ सुदृढ पनि हुन सक्छ ।