काठमाडौं। पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि ठेक्का लागेको छ। नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको हो।
निर्माण कम्पनी छनौट भएसँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ । पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ ।
डेढ अर्ब स्वदेशी रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ ।
यस पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थिए। तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो ।
यस्ताे बन्नेछ सिग्नेचर पुल
यस्ता पुलहरु सामान्य पुल जस्तै मोटरेबल नै भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल विभागले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुन्छ ।
पुल चार लेनको बन्ने छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने विभागले जनाएको छ । पुलहरुमा रातको समयमा लाइट जोड्न सकिन्छ जसले सहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुनेछ । सडक विभागका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ । युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो ।
याे पनि:
नारायणीमा सिग्नेचर पुल बनाउन दुई कम्पनीको प्रस्ताव, कस्तो बन्नेछ सिग्नेचर पुल?