रौतहट। मधेस प्रदेशकी सांसद जैनव खातुनले आफूले विकास निर्माणलाई प्राथमिकतामा राखेको बताएकी छन्। रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाको सडक निर्माणका लागि शिलान्यास गर्दै यस्तो बताएकी हुन्।
सांसद खातुनले फतुवा विजयपुर र कटहरिया नगरपालिकाको विभिन्न वडामा नयाँ सडक निकासा र सडक मर्मत तथा ढलान कार्यमा ६९ लाख, मन्दिर निर्माण तथा मर्मत सम्भारमा १० लाख, जनजगाह ६ लाख, र चौतारा निर्माणमा १० लाखको लागतमा संसदीय कोष मार्फत एक करोडको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिइन्।
खातुनले आफ्नो क्षेत्रको विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै स्थानीय सरकारको समन्वय र सहयोग पनि अपरिहार्य रहेको बताइन् ।
शिलान्यास कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य सहबान खा, एमाले फतुवा विजयपुर नगर कमिटी अध्यक्ष एवम् वडा अध्यक्ष रामएकवाल राय यादव, एमालेका वडा प्रत्यासी मोबिन आलम, वडाका सचिव हिरालाल महतो लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो ।