कालिकोट। कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द गरिएको छ। खुलालुस्थित कर्णाली नदी पारीको सडक सुधारका लागि एक हप्ता कोरिडोर बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार वैशाख ३० गते देखि जेठ सात गते सम्म कोरिडोर बन्द हुने छ । पुलको वायाँ पट्टीको सडक सुधारका लागि दुई पटक सम्म ठेक्का हुँदा कुनै पनि निमार्ण व्यवसायी काम गर्न इच्छुक नभएका कारणले सडकको खाल्डा पुर्नका लागि सडक विभागले आफैं काम गर्न लागेको छ।
खुलालुदेखि वाजुरा हुम्ला तर्फको सडक भने खुला रहने तर सुर्खेत नेपालगन्जबाट हुम्ला तर्फ जाने गाडी मात्र बन्द गरिएको कार्यालयले जनाएको छ। अबको एक हप्ता सम्म लामो दुरीका यातायातका साधन बन्द भएका छन्।