काठमाडौं। पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा निर्माण गरिएको छ। उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो।
सो गाउँको अग्लो डाँडामा भ्यू टावर निर्माण भएपछि गाउँको पर्यटन प्रवद्र्धन हुनेमा स्थानीय बासिन्दा खुसी भएका छन। त्यस्तै दृश्यावलोकन स्तम्भ निर्माण भएपछि त्यहाँ रोजगारीमा समेत वृद्धि हुने हुँदा आफुहरु निकै खुसी भएको स्थानीय बासिन्दाहरुले बताएका छन। उक्त क्षेत्रमा गाउँसम्म आवतजावत गर्न पक्की सडक निर्माणसँगै अस्पताल भवन, पोखरी, धारालगायतका काम भइरहेको छ। गाउँमा जति दुःख गरेपनि खान लगाउन मात्रै पुग्नेभएपछि थप कमाउनका लागि रोजगारीका लागि बाहिर जानुपर्ने बाँध्यता अझै ज्यँको त्यँ नै छ। गाउँमा भएको कमाइले खाउलाउमा नै जीवन कट्ने अवस्था भएका कारण विकल्पमा सहर पस्नु त्यहाँका स्थानीय बासिन्दाको बाँध्यता रहेको त्यहाँको एक स्थानीयको भनाइ रहेको छ।
त्यस्तै गाउँको शिरमा भएको अग्लो डाँडाबाट जताततै देख्न सकिने ठाउँमा भ्यु टावर निर्माण गरेर अझ थप पर्यटन प्रवद्र्धनको काम गरेकोमा खुसी थपेको त्यहीको अर्का स्थानीयले बताएका छन। हाल सो ठाउँमा पदमार्गका लागि दुई ठाउँबाट सिँढी निर्माण गर्नाका साथै टावर भएको स्थानमा पर्यटकका लागि मेच निर्माण गरिएको उनले जानकारी गराएका छन। आर्थिक वर्ष २०७५र७६ मा प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगाानीमा सुरु भएको सो स्तम्भको निर्माण सकिएको गाउँपालिका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन। दुईतिरबाट जाने बाटोमा सिँढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु ५० लाख लागतमा सम्पन्न गरेको उनले जानकारी गराएका हुन।