काठमाडौं । रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ ।
सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला गुम्बामा राख्नेगरी व्यवस्था मिलाइएको छ । नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाले जनाएको छ ।
गुम्बाको मेडिटेसन हलमा पीडितलाई राखिएको छ । अस्थायी बसोबासको अवस्था बुझ्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी, इश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत शुक्रबार गुम्बामा पुगेका थिए ।
‘