दाङ। दाङको घोराही–तुलसीपुर चारलेन सडकमा परेका खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान गरिएको छ। सडक डिभिजन कार्यालयले मंगलबार सूचना जारी गर्दै ३ करोड ९ लाख ५० हजारको बोलपत्र आह्वान गरेको हो ।
सडकको दुई खण्डमा काम हुनेछ । घोराहीको कुइरेपानी हुँदै तुलसीपुरसम्मको २९ किलोमिटर सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डी आगामी असोजसम्म पुरिसक्नु पर्ने कार्यालयले जनाएको छ । असोजसम्म बिग्रिएको सडक मर्मत गरी सक्ने गरी सम्झौता गरिनेछ।
चारलेनको सडक निर्माण कार्य अलपत्र हुँदा बीच–बीचमा परेको खाल्डाखुल्डीले आवतजावतमा समस्या हुनाका साथै दुर्घटना बढिरहेका कारण चौतर्फी आलोचना भएपछि उक्त सडकको ठेक्का रद्द गरिएको थियो।
यस सडक निर्माणका लागि पटक–पटक गरी चौथो पटक म्याद थप गरिएको थियो । त्यो अवधि २०८० असारसम्म भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले ठेक्का लिएकामा काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोडिएको थियो ।