झापा। बिर्तामोड नगरपालिकाको बुधबारे हटियाका अव्यवस्थित घरटहरा भत्काइएको छ। बिर्तामोड–५ स्थित बजार क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरटहरा नगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
नगरपालिकाका अनुसार बहुउद्देश्यीय व्यवसायीक भवन बनाउनका लागि उक्त स्थान खाली गरिएको हो।
नगरपालिकाले ३५ दिनेसहित पटकपटक सूचना जारी गरी पसल तथा टहरा खाली गराउन निर्देशन दिएको थियो।
नगरपालिकाले २०७१ मा बुधबारे बजार व्यवस्थापन समितिको अगुवाइमा ७० वटा सटर निर्माण गरी भाडामा लगाएको थियो । करिब ५ कट्ठा जमिनमा ७० वटा सटर निर्माण गरिएका थिए । ती सटर पूर्वपट्टि करिब ६ कट्ठा जमिनमा स्थानीय व्यापारीले आफैं १ सय १० भन्दा बढी टहरा निर्माण गरी व्यवसाय गर्दै आएका थिए।
बाँकी जमिनमा करिब २५ घर परिवारले टहरा बनाएर बसोबास र व्यापार गर्दै आएका थिए ।