काठमाडौं। काठमाडौं र ललितपुर जिल्लालाई जोड्ने गरी बागमती नदीमा पुल निर्माण गरिने भएको छ। थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल निर्माण गर्नका लागि आगामी आवमा अध्ययन हुने गरी तयारी भइरहेको हो।
ललितपुर र काठमाडौं दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभागले जनाएको छ।
सकेसम्म पुलले त्यस क्षेत्रको परिचय दिने गरी मौलिक खालको ‘सिग्नेचर’ पुल बनाउन लागिएको छ।
आधुनिक पुल निर्माण गर्न लागिएकाले त्यो ‘एडभान्स’ र अलि ‘हाइफाइ’ हुने बताइएको छ। त्यसलाई हेर्दा नौलो र हावापानी अनुकूलको बनाउन लागिएको छ।
अब निर्माण हुने पुलले सामाजिक समावेशीकरणलाई समेत ध्यान दिने बताइएको छ। शारीरिकरुपमा अशक्तलाई समेत ध्यान दिएर लिफ्ट वा ¥याम्प राख्दा कसरी बनाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिने विभागको भनाइ छ।