सुर्खेत। कर्णाली राजमार्गको तिलागुफा ७ टाकुल्ला खोलामा पुल निर्माण कार्य सुरु भएको छ। पुल बनाउन सुरु भएको १२ वर्षसम्म अलपत्र परेपछि पुन टेण्डरबाट निर्माण थालिएको हो।
निर्माणको जिम्ला लिएको निर्माण कम्पनी पेस्की रकम लिएर केही काम गरेर भागेपछि अलपत्र परेको पुल पुन ठेक्काबाट निर्माण थालिएको छ ।
पुरानो ठेक्का तोडेर पुरानै पिलर कायम हुने गरी फलामे बेलिब्रिज हाल्ने र दायाँबायाँ सडक बनाउने गरी नयाँ ठेक्का भएर काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
टाकुल्लाको ठाडो खोलामा वर्षा याममा पानी परेको बेला गाडी तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका थिए । हाल सडक विभागले एक वर्षभित्र निर्माण सक्ने गरी पुल बनाउन सम्झौता गरेको छ।