काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने बताएका छन् ।
दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरीक्षण गर्दै मन्त्री ज्वालाले अब चाँडै आयोजनाको काम सुरु हुने बताएका हुन्।
उनले कलंकीदेखि बसुन्धारासम्मको ८.२ किमि सडकका सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने जानकारी दिए । मन्त्री ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको काम छिटो सुरु गर्ने गरि तयारी गर्न आग्रह गरेको समेत बताएका छन्।
उनले यस सडकखण्ड अन्तर्गत ढुङ्गेधारा, गंगबु र बसुन्धारामा सडकका साथै अण्डरपास बनाउनको लागि आग्रह गरेको र चिनियाँ राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको बताए।
अनुगमनमा नेपालका लागि चिनिया राजदूत लगायत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थीति रहेको थियो ।