झापा। झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा सडक कालोपत्रे भएको छ। ४ करोड २४ लाख ८३ हजार लागतमा सडक कालोपत्रेको काम सम्पन्न भएको हो।
सडक कालोपत्रेका लागि शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख र सङ्घीय समपूरक कोषको २ करोड रकम रहेको छ ।
सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।
शिवसताक्षी नगरपालिकाले धेरै बाधा व्यवधानहरू बीच माईधार–दोमुखा सडक कालो पत्रे सम्पन्न भएको जनाएको छ। सडकमा निर्माण भएका कल्भर्डहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्टको काममा समय लाग्ने पालिकाले जनाएको छ।
शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले वि.सं २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात् अहिलेसम्म उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन । करिब ४० वर्षपछि यस सडक कालोपत्रे भएको हो ।