काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा निर्मित काभ्रेली प्रवेशद्वारको उद्घाटन गरिएको छ ।
नगरपालिकाको आर्थिक अनुदानमा निर्मित कलात्मक प्रवेशद्ध्वारको शनिबार आयोजित एक कार्यक्रमकाबीच वडा नम्बर ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदीले रिवन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले नवनिर्मित प्रवेशद्धार वडा नम्बर ५ कै पहिचान हुने विश्वास व्यक्त गरे । वडाको विकास र वडावासीको अपेक्षा पूरा गर्न आफ्नो कार्यकालमा आफूले हदैसम्मको कोशिस गरेको उनले बताए । आफ्नो कार्यकालमा वडामा थुप्रै कामहरु गर्न सम्भव भएकोमा उनले सन्तुष्टि समेत व्यक्त गरे ।
कार्यक्रममा भैरव अर्याल स्मृति प्रतिष्ठानका सचिव वसन्त रिजालले सबै वडावासी मिलेर वडा र टोललाई नमूना बनाउन लाग्नुपर्नेमा जोड दिए। सरसफाइले वडावासीको सभ्यता झल्काउने भएकोले सरसफाइमा विशेष ध्यान दिन समेत गरेका छन्।