काठमाडौं। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले भ्रष्टाचार आरोपमा तीन कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन्। उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।