काठमाण्डौं। लोत्से मल प्रालिका अध्यक्ष इन्जिनियर र लक्ष्मी बैंकका सहायक प्रमुख अधिकृतले संयुक्त रुपमा लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैँयामा निर्माण गरेको लोत्से मल सञ्चालनको सुभारम्भ गरेका छन्। लोत्से मल गोङ्गबुको नयाँबसपार्कमा सञ्चालनमा आएको हो। विष्णुमती किनारमा रहेको १६१ रोपनी क्षेत्रफलमा फैलिएको जग्गाको १३ रोपनी क्षेत्रफलमा मल निर्माण गरिएको हो।
लोत्से मलभित्र सैलुन, बैंक, वित्तिय सस्था, सहकारी रहेका छन्। यसभित्र सिनेमाहल, रेष्टुरेन्ट, पार्टिप्यालेस, अन्तराष्टिय होलसेल बजार, पसलहरु पनि रहेका छन्। नयाँ बसपार्कलाई अन्तराष्टिय स्तरको बसपार्क बनाउनको लागी लोत्सेले प्रविधिलाई जोड दिएको हो। चुनौतिको बाबजुद पनि मल निर्माण गरेको हुनाले राज्यले ब्यबसायीको ब्याँजको सहजीकरन गरी ब्यबसायीलाई सहज वातावरण निर्माण गरिदिनु पर्ने लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्षको भनाई छ। उक्त मलभित्र लिफ्ट र एलिभेटर लिफ्टको पनि सुबिधा रहेको छ।
अहिले प्रविधिसँग जोडिएको ३२ वटा टिकट काउन्टर रहेको छ। यात्रु, बस चालक, सहचालकहरुलाई लक्षित गरि सहुलिएत दरको होटल तथा लजको पनि ब्यवस्था रहेको छ। बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय पनि रहेको छ। ८ तलाको लोत्से मलको अन्डरग्राउण्डमा १०० वटा गाडी र २०० वटा मोटरसाइकल अट्ने पार्किङ रहेको छ ।