काठमाडाैं। आइतबार प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिएका छन्। केह सिमित जिल्लामा मात्र धेरै बजेट पारिएको भन्ने प्रश्नमा मन्त्री ज्वालाले यस्तो जवाफ दिएका छन्।
-'केही माननियज्यूहरुले पहुँचवाला नेताको ठाउँमा धेरै बजेट विनियोजित भएको टिप्पणि गर्नु भएको तर्फ मेरो ध्यानाकर्षण भएको छ। वैकल्पिक सहायक राजमार्गको एउटा बजेट शिर्षकलाई लिएर यो टिप्पणि गरिएको हुनसक्छ तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कुल बजेटलाई हेर्ने हो भने त्यस्तो अवस्था देखिदैन। वैकल्पिक सहायक राजमार्गको ५ अर्ब १७ करोडको बाँडफाँडलाइ मात्र हेरेर समग्र बजेट बाँडफाँडको अवस्था बारे धारणा नबनाउन मेरो अनुरोध छ।
केही जिल्लामा काठमाडौं-तराइ द्रुत मार्ग, केहि जिल्लामा पुष्पलाल मध्य-पहाडि राजमार्ग, कुनै जिल्लामा मदन भण्डारी राजमार्ग, कुनै जिल्लामा हुलाकि राजमार्ग, केहि जिल्लामा पूर्व-पश्चिम राजमार्ग र केहि जिल्लामा उत्तर-दक्षिण कोरिडोरले, केहि जिल्ला र क्षेत्रमा राष्ट्रिय राजमार्ग समेतले सम्बोधन गरेका छन्। छुटेका केही जिल्लामा सम्भव भएसम्म महत्वपूर्ण सडक र पूलहरुलाइ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दछु।
वैकल्पिक सहायक राजमार्ग शिर्षक अन्तर्गत रु. २५ लाख भन्दा कम बजेट भएका योजना कार्यान्वयनका लागि सशर्तमा प्रदेशमा हस्तान्तरण गरिएको छ। यस्ता योजना केन्द्रमा राखिएको छैन।यस विषयमा मा.अर्थमन्त्रीज्यूले विस्तृत रुपमा यस सदनमा जानकारी दिइसक्नु भएको छ ।'