मेलम्ची। मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुगेकाे छ। बिहीबार रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको हो।
ह्युमपाइप क्षति भएपछि अब सवारी साधन चल्न सक्ने अवस्था नभएको स्थानीयले बताएका छन्। फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।