काठमाडौं। पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि अवरुद्ध भएको ९ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटरको प्रयोग गरेर पहिरो पन्छाइएको छ।
अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।