काठमाडौं। टोखा नगरपालिकामा ४ सय ३४ सडक बत्ती जडान गरिएको छ। नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गतआर्थिक वर्ष २०७९/८० मा टोखाभित्रका विभिन्न सडकमा ४ सय ३४ सडकबत्ती जडान गरेको हो।
सोही अवधिमा नगरपालिकाले एक सय ३० सिसी क्यामरा समेत जडान गरेको नगरपालिकाले जनाएको छ।
टोखाले आव २०७९/८० मा वडा नं २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माण समेत सम्पन्न गरेको छ । सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनःनिर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२.१५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ ।
यस्तै, ब्लक विच्छ्याउने काम तीन दशमलव २९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य ५।११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत एक सय ३२ स्थानमा गरिएको सो नगरपालिकाले जनाएको छ ।